काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले शानदार जित दर्ता गरेको छ । प्रतियोगिताको समूह चरणमा गत राति भएको समूह ‘एच’ अन्तर्गत खेलमा युनाइटेडले स्वीट्जरल्यान्डको क्लब ब्वाइजलाई उसकै घरमा ३–० को जित निकाल्यो ।
गत राति भएको अर्को खेलमा उपाधि दाबेदार तथा गत वर्षको प्रिमियर लिग विजेता म्यानचेस्टर सिटी भने आफ्नै घरमा पराजित हुँदा युनाइटेडले भने अवे मैदानमा शानदार जित निकाल्यो । युनाइटेडको जितमा खेलको ३५औं मिनेटमा पाउल पोग्बाले गोल गरेका थिए । त्यसपछि ४४औं मिनेटमा उनैले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेड पहिलो हाफमा घरेलु टोलीविरुद्ध २–० ले अगाडि रह्यो ।
त्यसपछि दोस्रो हाफको ६६औं मिनेटमा युनाइटेडका लागि एन्थोनी मार्टिएलले गोल गर्दै टोलीलाई ३–० को प्रभावशाली जित दिलाए । यो जितपछि युनाइटेड आफ्नो समूहको शीर्ष स्थानमा बसेको छ । उसको खातामा ३ अंक छ । दोस्रो स्थानमा रहेको इटालियन युभेन्टसको पनि समान ३ अंक नै छ । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज ४ बिहिबार
Comments