काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटन र ब्राइटनले बराबरी खेल्दै अंक बाँडेका छन् । खेलमा साउथह्याम्पटन र ब्राइटनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । साउथह्याम्पटनका लागि पिरे इमिली र ड्यानी इंग्सले एक एक गोल गरे । यस्तै, ब्राइटनका लागि सेन डफी र ग्लेन मुरेले एक एक गोल गरे ।
३५औं मिनेटमा पेरेइमिल होगबर्गले गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए । साउथ ह्याम्पटनले ६५औं मिनेटमा डेनी इंग्सिले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दोब्बर पारेका थिए । ६७ औं मिनेटमा ब्राइटनका लागि साने डफिले गोल गर्दै खेलमा फर्काएका थिए । त्यसपछि दोस्रो हाफको अतिरिक्त समयमा ब्राइटनका ग्लेन मुर्रेले पेनाल्टी मार्फत गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए ।
बराबरीसंगै साउथह्याम्पटन र ब्राइटनले पाँच खेलबाट समान ५,५ अंक जोडेको छ । साउथह्याम्पटन १३ औं र ब्राइटन १४ औं स्थानमा रहेका छन् ।
प्रकाशित मितिः २०७५ असोज २ मंगलबार
Comments