काठमाडौं । म्यानचेस्टर युनाइटेडका पूर्व अर्जेन्टिनी फरवार्ड कार्लोस टेभेजले युभेन्ट्सका क्रिष्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेसी भन्दा छिटा भएको बताएका छन् । उनले मिडियासँग कुरा गर्दै भने, ‘लियोनल मेस्सी, मैले उसलाई कहिल्यै पनि जिममा देखिँन । मैले उनलाई बल रोक्ने वा यस किसिमको अभ्यास गरेको कहिल्यै देखिन । ‘हुनतः यी सब कुराहरु मेस्सीभित्र प्राकृतिक रुपमा छ, तर पेनाल्टीको कुरा गर्दा उनले निकै अभ्यास गर्छन् ।’,
उनले भने, ‘पहिला उनले पेनाल्टी अभ्यास गर्दैन थिए तर अहिले उनले मैदानको जुनसुकै कुनामा पनि पेनाल्टीको अभ्यास गरिरहेको हुन्छ । यसैगरी उनले रोनाल्डो अभ्यासपछि सँधै जिममा देखिने बताए । उनले भने, ‘उनको लागि जिम एउटा अभिन्न अंग भईसकेको छ । हरेक कुरामा बेस्ट रोनाल्डो कुनै पनि काममा छिटो अगाडी पुग्छन् ।’
टेभेजका अनुसार आफ्नो करियरका क्रममा उनले क्लब ड्युटीमा जति छिटो रिपोर्ट गरे तापनि आफूभन्दा पहिला रोनाल्डो पुगिसक्ने बताएका छन् ।’ टेभेज भन्छन्, ‘यदि अभ्यास ९ बजे हुन्थ्यो भने म ८ बजे आउँथे तर रोनाल्डो पहिल्यै पुगिसकेका हुन्थे ।’ ‘यदि म ७ः३० मा पुगे पनि उनी पहिल्यै पुगिसकेका हुन्थे ।
म आफैलाई प्रश्न गर्न थाल्थे यो व्यक्तिसँग मैले कसरी छुटकारा पाउने , त्यसैले म एकदिन बिहान ६ बजे नै मैदान पुगेको थिएँ तर पनि रोनाल्डो पहिल्यै मैदानमा थिए र सुतिरहेका थिए ।’रोनाल्डो र मस्सी दुबैले विश्व फुटबलको सर्वाधिक प्रतिष्ठित मानिएको बेलन डिअर अवार्ड समान ५–५ पटक जितेका छन् । यस मामिलामा फुटबल समर्थकहरुबीच यी दुई स्टारमध्ये को उत्कृष्ट भन्ने बहस पनि प्रायःजसो चलि नै रहन्छ ।
प्रकाशित मितिः २०७५ भदौ २९ सुक्रबार
Comments