काठमाडौं । भारतको लखनउमा जारी चौकोणीय एकदिवसीय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालको यू–१९ टोलीले आज शुक्रबार भारतको यू–१९ ‘ए’ टिमसँग खैल्दैछ ।
भारतीय क्रिकेट बोर्डको निमन्त्रणामा भएको उक्त एकदिवसीय शृंखलाअन्गर्ततको आफ्नो दोस्रो खेलमा नेपालले विजय लक्ष्यसाथ भारतको ‘ए’ टोलीसँग शुक्रबार प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र भारतको यू–१९ टोलीबीचको खेल भारतको लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ९ः१५ मा सुरु हुनेछ ।
बुधबार भएको पहिलो खेलमा नेपाल भारतको बी टोलीसँग ४० रनले पराजित भएको थियो । भारतीय क्रिकेट बोर्डको योजनामा जारी सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका एक एक यू–१९ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । आगामी असोज १३ गतेदेखि बंगलादेशमा हुने यू–१९ एसिया कपको तयारीका रुपमा उक्त प्रतियोगितालाई हेरिएको छ । पहिलो खेलमा पराजित नेपाल भारतको ‘ए’ टिमविरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदान उत्रदैछ ।
प्रकाशित मितिः २०७५ भदौ २९ सुक्रबार
Comments