काठमाडौं । साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बारिहिएको नेपाली फुटबल टोली आज स्वदेश फर्किँदैछ । बंगलादेशमा भएको साफको १२ औ संस्करणमा सहभागिता जनाएको नेपाल सेमिफाईनलमा माल्दिभ्ससँग पराजित भएपछि आज स्वदेश फर्किँन लागेको हो ।
अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार नेपाली टिम बिहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आईपुग्नेछ । समुह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरेको नेपालले सेमिफाईनलमा माल्दिभ्ससंग ३–० को हार ब्यहोरेको थियो । समूह चरणको पहिलो खेलमा २–१ ले पराजित भएको नेपालले भुटानसँगको दोस्रो खेलमा ४–० को जित निकाल्यो । त्यसपछि बंगलादेशविरुद्धको खेलमा नेपालले २–० को जित निकालेको थियो।
प्रकाशित मितिः २०७५ भदौ २८ बिहिबार
Comments