काठमाडौं । स्पेनिस महारथि क्लब रियल मड्रिड सन् २०१८ भरिमा युरोपको सबैभन्दा उत्कृष्ट क्लब घोषित भएको छ । युरोपियन क्लब एसोसिएसन इसिए रियल उत्कृष्ट क्लब घोषित भएको हो ।
उत्कृष्ट क्लब घोषित भएको रियललाई इसएको महासभामा अवार्ड प्रदान गरिन्छ । गएको वर्ष रियलले लगातार तेस्रोपटक तथा समग्रमा १३औं पटक च्याम्पियन्स लिगको उपाधि जितेकाले उसले यो उपाधि जितेको हो । उता, आर्सनल र चेल्सी फुटबल क्लबले उत्कृष्ट महिला फुटबल क्लबको उपाधि हात पारेका छन् ।
ठूला प्रतियोगितामा अन्तर्राष्ट्रिय कपको उपाधि तीनपटक जितेको रियलले तीपटक नै क्लब विश्वकपको उपाधि पनि आफ्नो पोल्टामा पारेको छ । रियलले हालसम्म सर्वाधिक धेरै ला लिगा ३३ पटक जितेको छ । त्यस्तै, उसले अर्को घरेलु प्रतियोगिता १९ जितेको छ । त्यसबाहेक रियलले १० पटक सुपर कोपासमेत जितेको छ ।
यी सबै उपाधि जित्दा रियलको टोलीमा क्रिस्टियानो रोनाल्डो मुख्य हतियार थिए । तर, अहिले उनी टोलीमा छैनन् । अहिले रियलको टोलीमा रोनाल्डो मात्रै नभएर यसअघिका सर्वाधिक सफल प्रशिक्षक मानिएका जिनेदिन जिदान पनि छैनन् । अहिले रियलले रोनाल्डोको स्थानमा नयाँ खेलाडी भित्र्याउन सकेको छैन भने प्रशिक्षकको जिम्मेवारीमा जुलेन लोपेटेगुई रहेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ २७ बुधबार
Comments