काठमाडौं । १२ औं संस्करणको भारतीय क्रिकेट लिग आइपिएल भारतबाहिर हुनसक्ने सम्भावना देखिएको छ। लुग र भारतमा आसन्न चुनावको तालिकासँग जुधेमा सो हुनसक्ने हिन्दुस्तान टाएम्सुले जनाएको छ।
भारतिय क्रिकेट बोर्ड बिसिसिआइले यस किसिमको सोच बनाएको यो पहिलोपटक भने होइन। यसअघि सन् २००९ मा लिग साउथ अप्रिकामा खेलाइएको थियो भने सन् १०१४ मा लिगा आधा खेलहरू चुनावकै कार्ण संयूक्त अरब इमिरेट्समा खेलाइएको थियो।
आइपिएल अध्यक्ष राजिब शुक्लाले यसका लागि आफूहरूले चुनाबको मिति घोषणालाई कुरिरहेको बताएका छन्। उनले चुनावको मिति घोषणा भएलगत्तै यसबारे निर्णय लिने बताए। आइपिएल भारतिय क्रिकेट बोर्डको सबैभन्दा बढि पैसा कमाइ गराइदिने प्रतियोगिता हो। उसले खेलको प्रसारण अधिकारबापतमात्र पाँच वर्षका लागि स्टार स्पोट्ससँग गत वर्ष सेप्टेम्बरमा २।५५ बिलियन अमेरिकी डलरमा सम्झौता गरेको छ।
शुक्लाले प्रतियोगिताका लागि युएई उत्कृष्ट विकल्प भएपनि साउथ अप्रिकालाई पनि सोचमा राखिरहेको बताएका छन्। यस संस्करणको लिगमा दुई वर्षको प्रतिबन्धपछि महेन्द्र सिंह धोनीको चेन्नई सिपर किङ्स फिर्ता हुँदैछ। यस लिगमा रंगशाला तथा टिभीमा दर्शकहरूको ठूलो आकर्षण रहँदै आएको छ। एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ २७ बुधबार
Comments