ढाका । बंगलादेशमा जारी साफ सुजुकी कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज बुधबार नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र माल्दिभ्सबीचको खेल बंगबन्धु रंगशालामा नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
साफको यस संस्करणमा नेपाल समूह ए बाट समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यस्तै माल्दिभ्स भने समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
नेपाल माल्दिभ्सविरुद्धको खेल जित्दै पहिलोपटक साफको फाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । चार पटक सेमिफाइनल पुगेपनि नेपालले फाइनल यात्रा तय गर्न सकेको छैन ।
साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध खराब इतिहास बनाएको छ । नेपालले साफमा हराउन नसकेको राष्ट्र माल्दिभ्स हो । नेपालले हालसम्म साफमा माल्दिभ्ससँग ६ खेल खेलेको छ ।
प्रकाशित मितिः २०७५ भदौ २७ बुधबार
Comments