काठमाडौं । भारत र अफगानिस्तानसँग एकदिवसीय सिरिज खेल्न नेपाली यू—१९ राष्ट्रिय क्रिकेट टोली सोमबार भारत जाँदै छ। भारतीय क्रिकेट बोर्ड ९बीसीसीआई० को निमन्त्रणामा यु १९ सिरिज खेल्न नेपाली टोली लखनउ तर्फ जान लागेको हो।
५० ओभरको प्रतियोगितामा नेपालसहित भारत ‘ए’ र ‘बी’ तथा अफगानिस्तानको यू–१९ टोलीले लखनउमा खेल्ने भएका हुन्। भारत जाने खेलाडीको नाम भने गत शुक्रबार सार्वजनिक गरिएको थियो । मोहमद आसिफ शेखको कप्तानीमा खेलाडी छनोट समितिले टोलीको घोषणा गरेको हो ।
आईसीसी प्रतिनिधि अनिमुल इस्लाम, प्रशिक्षक दास, सुनोज भट्टराई र राजु खड्कालगायतले नेपाली टोलीको छनोट गरेको हो । त्यस्तै तृतराज दास, रीत गौतम, पवन सर्राफ, किशोर महतो, रशिद खान, भीम सार्की, कमल सिंह ऐरी र सन्दीप जोरा टिममा छन् । उनीहरु सबै यसअघि यू–१९ र यू–१६ राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरु हुन् ।
टिममा ६ जना नयाँ अनुहार छन् । रवि साह, विपिन बराल, लोकेश बम, सागर ढकाल, अरुण ऐरी र मोहम्मद सम्साद आलम गत महिनाको अन्त्यमा भएको ट्यालेन्ट हन्टबाट छनोट भएका हुन्। युवा टोलीको क्षमता विकासको लागि भारतले हरेक वर्ष आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ टोलीलाई बोलाएको थियो यस पटक नेपाललाई मौका दिइएको हो।
सिरिजलाई यू(१९ एसिया कपको तयारीको रुपमासमेत लिइएको छ। बंगलादेशले आगामी अक्टोबरमा एसिया कपको आयोजना गर्दैछ। जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन्। नोभेम्बरमा मलेसियामा भएको पछिल्लो एसिया कपमा नेपाली यू–१९ ले भारतको यू–१९ टोलीमाथि ऐतिहासिक जित निकालेको थियो।
सिरिजमा सहभागी चार टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । शीर्ष दुई टोलीले सिरिजको उपाधिको लागि खेल्नेछन् । तेस्रो र चौथो हुने टोलीबीच तेस्रो स्थानको लागि प्ले अफ खेल हुनेछ।
प्रकाशित मितिः २०७५ भदौ २५ सोमबार
Comments