काठमाडौं । अमेरिकी सेरेना विलियम्सलाई हराउँदै युएस ओपन टेनिसको महिला एकल तर्फको उपाधि जापानकी नाओमी ओसाकाले जितेकी छन्। २० औं बरियताकी ओसाकाले न्युयोर्कमा भएको खेलमा १७ औं बरियताकी सेरेनालाई ६–२ र ६–४ को सेटमा हराउँदै उपाधि जितेकी हुन्।
फाइनल खेलमा रेफ्रि निष्पक्ष नभएको भन्दै सेरेनाले आक्रोश पोखेकी थिइन्। उनले प्रतियोगिता दौरान धेरैपटक अम्पायर कार्लोस रामोससँग विवादसमेत गरेकी थिइन्।
२० वर्षिय ओसाकालाई ३६ वर्षय सेरेनाले ग्राण्डसलाम उपाधि जितेकोमा बधाई दिएकी थिइन्। भने सेरेनाले अन्तिममा अम्पायरसँग हातसमेत मिलाएकी थिइनन्। एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ २४ आइतबार
Comments