काठमाडौं । इटालियन क्लब इन्टर मिलानले फिफाबाट सफाइ पाएको छ। स्पेनिस क्लब रियल मड्रिडले आफ्ना खेलाडीलाई अवैधानिक रुपमा भित्र्याउन खोजेको भन्दै मिलानविरुद्ध फिफामा उजुरी गरेको थियो ।
रियलको उजुरीपछि फिफाले छानबिन गरेको थियो। छानबिनपछि मिलान यस विषयमा दोषि नरहेको पुष्टी गर्दै फिफाले मिलानलाई सफाई दिएको हो। मिलानले क्रोएसियन मिडफिल्डर लुका मोड्रिचलाई नियम विपरित अनुबन्ध गर्न खोजेको भन्दै कारबाहीको माग गर्दै रियलले उजुरी गरेको थियो। तर फिफाको पछिल्लो निर्णयले मिलानलाई कुनै पनि कारबाही हुनेछैन।
इटालियन ट्रान्सफर विन्डोमा मोड्रिच भित्राउन असफल मिलानले डेटलाइन सकिएपछि ल्याउने प्रयास गरेको थियो। हालै रूसमा सम्पन्न विश्वकपमा क्रोएसियालाई फाइनलसम्म पुर्याएका ३२ वर्षीय मोड्रिचलाई मिलानले भित्र्याउने प्रयास गरेको थियो।
सन् २०१२ मा इंग्लिस क्लब टोटेनहमबाट रियल आएका उनी आगामी सन् २०२० सम्म क्लबमा रहने गरी सम्झौता गरेका थिए। एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ २३ शनिवार
Comments