काठमाडौं । जापानी खेलाडी केई निशिकोरी युएस ओपन टेनिसको सेमिफाईनलमा प्रवेश गरेका छन् । न्युयोर्कको अत्याधिक गर्मीका बीच चार घण्टा ८ मिनेटसम्म चलेको खेलमा सातौं वरियाताका क्रोएसियाका मारिन सिलिकलाई पराजित गर्दै निशिकोरीले सेमिफाईनलमा प्रवेश गरेका हुन् ।
पहिलो सेट २–६ ले गुमाएका निरिकोरीले दोस्रो र तेस्रो सेट क्रमश ६–४ र ७–६ ले जिते । चौथो सेट ४–६ ले गुमाएका निसिकोरीले पाँचौं तथा अन्तिम खेलमा ६–४ को जित निकाल्दै सेमिफाइनलमा पुगेका हुन् । २८ बर्षका निशिकारीले अब सर्वियाका नोभाक जोकोभिच वा अष्टेलियाका जोन मिलम्यानसँग फाईनल प्रवेशका लागि खेल्नेछन् ।
प्रकाशित मितिः २०७५ भदौ २१ बिहीबार
Comments