काठमाडौं । बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप साफ सुजिकी कप मा नेपालले आज भुटानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
बंगबन्धु रंगशालामा नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग २–१ पराजित नेपालले सेमिफाइनल सम्भावनालाई कायमै राख्नका लागि आजको खेल जित्नै पर्ने छ ।
नेपालले सेमिफाइनलको सम्भावना जीवितै राख्न भुटानलाई हराउनुको विकल्प छैन । नेपालले भुटानलाई हराउन सके सेमिफाइनल पुग्ने छ । हारले प्रतियोगिताको अघिल्लो चरण सम्भावनाको अन्त्य हुने छ ।
साफ च्याम्पियनसिपमा नेपाल र भुटानबीच अहिलेसम्म दुई पटक भेट भएको छ । सन् २००३ मा बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई २–० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, सन् २००५ मा पाकिस्तानको कराँचीमा सम्पन्न साफ च्याम्पियनसिपमा भुटानलाई नेपालले ३–१ गोलअन्तरले पराजित गरेको थियो ।
प्रकाशित मितिः २०७५ भदौ २१ बिहीबार
Comments