काठमाडौं । साबिक विजेता पेरिस सेन्ट जर्मेन पिएसजी ले फ्रेन्च लिग वान फुटबलमा लगातार चौथो जित निकालेको छ। शनिबार राति भएको लिगमा निम्सलाई ४–२ गोल अन्तरले हराउँदै पिएसजीले चौथो जित निकालेको हो ।
निम्सको घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन नेयमार, एन्जल डी मारिया, केलियन एमबाप्पे र एडिन्सन काभानीले समान एक,एक गोल गरेका थिए। निम्सका लागि एन्टोनिन बुबिचोन र तेजी शावनियरले एक एक गोल फर्काएका थिए।
खेलको ३६औं मिनेटमा नेइमारले गोल गर्दै पिएसजीलाई सुरूवाती अग्रता दिलाए। ४० औं मिनेटमा डि मारियाले गोल गरेपछि पिसएजी पहिलो हाफमा २,० ले अघि रह्यो।
दोस्रो हाफको ६३ औं मिनेटमा बुबिचोनले गोल गर्दै खेल २.१ मा ल्याएका थिए। ७१ औं मिनेटमा तेजी शावनियरले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। ७७ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पुनः पिएसजीलाई अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा काभानीले गोल गर्दै पिएसजीलाई ४.२ को जित दिलाए।
तर, खेलको अन्तिम समयमा दुवै टोली १० खेलाडीमा सिमित भएको थियो। खेलको इन्जुरी समयमा पिएसजीका एमबाप्पे दोहोरो पहेलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । यस्तै निम्सका शावनियरले पनि रातो कार्ड पाएर मैदान छाडेका थिए। यो जितसँगै चार खेलबाट १२ अंक जोडेको पिएसजी शीर्ष स्थानमा रहेको छ। निम्सको ४ खेलबाट ६ अंक रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ १७ आइतबार
Comments