काठमाडौं । आगामी भदौ १९ गतेदेखि बंगलादेशमा हुने साफ च्याम्पियनशिप फुटबल खेल्न नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ। ढाकामा हुने १०औं साफ च्याम्पियनशिपमा भाग लिन २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो ।
अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का प्रवक्ता किरण राईका अनुसार प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन्। नेपालसहित बङ्गलादेश, पाकिस्तान र भूटान समूह ‘ए’ मा तथा भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा छन् । नेपालले पहिलो खेल सेप्टेम्बर ४ मा पाकिस्तानसंग खेल्नेछ । त्यस्तै सेप्टेम्बर ६ मा भुटान र ८ मा बंगलादेशसंग खेल्नेछ । समुहको शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछ ।
विराज महर्जनको कप्तानीमा रहेको नेपाली टोलीमा किरणकुमार लिम्बू, विकेश कुथु, एलन न्यौपाने, दिनेश राजवंशी, देवेन्द्र तामाङ, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द, सुमन अर्याल, हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ, निराजन खड्का, भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट रहेका छन्। प्रतियोगिता भदौ ३० गतेसम्म चल्नेछ।
प्रकाशित मितिः २०७५ भदौ १६ शनिबार
Comments