काठमाडौं । रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिच युरोपियन फुटबलको वर्ष मिडफिल्डरसमेत चुनिएका छन्। रोनाल्डो र सलाहलाई पछि पार्दै सर्वोत्कृष्ट खेलाडीसमेत भएका क्रोएसियाली राष्ट्रिय टोली कप्तान एवम् रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीच युरोपको सर्वोत्कृष्ट मिड फिल्डरसमेत बने।
उनले उपाधि जित्ने क्रममा आफ्नै क्लब रियलका टोनी क्रुस र म्यानचेस्टर सिटीका केभिन डी ब्रुएनलाई पछि पारेका हुन्। रियल म्याड्रिडलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका मोड्रीच राष्ट्रिय टोलीबाट क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याएका थिए।
युरोपियन फुटबल एसोसियसन युईएफए ले बिहिबार ३२ वर्षीय प्ले मेकर मोड्रिचलाई युईएफए बर्ष मिडफिल्डरु घोषित गरेको हो। उनले म्यान्चेष्टर सिटीका केभिन डी ब्रुएनलाई फराकिलो मतले पछि पार्दै उपाधि जितेका हुन्।
रियल म्याड्रिडलाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका उनले रियलसँग रहेर च्याम्पियन्स लिगसँगै यूईएफए सुपर कप, स्पेनिस सुपर कप र क्लब विश्वकप पनि जितेका थिए ।
मोड्रिचले मतदानमा ३ सय ४७ अंक हासिल गर्दै पहिलो स्थान हासिल गर्दा म्यान्चेष्टर सिटीका ब्रुएन ११४ मात्र अंक पाए। तेस्रो स्थानमा रहेका रियल मड्रिडका क्रुसले ६९ अंक पाए।
मतदानका लागि युरोप भरिका ८० क्लबका प्रशिक्षक, यूरोपेली फुटबल महासंघका सदस्य र सदस्य राष्ट्रका पत्रकार सबैले उत्कृष्ट तीन खेलाडी चुन्ने प्रावधान छ । पहिलो नम्बरमा छनोट हुनेले ५, दोस्रोले ३ र तेस्रोले १ अंक पाउने व्यवस्था छ। एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ १५ शुक्रबार
Comments