काठमाडौं । इंग्ल्यान्डका पूर्वकप्तान डेभिड बेकह्याम युरोपियन फुटबलको उच्च अवार्ड युईएफए प्रेसिडेन्ट्स अवार्डु बाट सम्मानित भएका छन्।
युरोपियन फुटबलको सर्वोच्च निकाय युनियन अफ युरोपियन फुटबल एसोसिएसन युईएफए ले बिहिबार राति बेकह्यामलाई ुयुईएफए प्रेसिडेन्ट्स अवार्डु प्रदान गरेको हो। युईएफएले फुटबलमा पुर्याएको योगदानको कदर गर्दै बेकह्यामलाई यो वर्षको प्रेसिडेन्ट्स अवार्ड दिने निर्णय गरेको थियो।
युईएफएले विश्व फुटबलमा लामो समयबाट योगदान दिदै आएका पूर्व खेलाडीलाई यो अवार्ड दिने गर्छ । २० वर्ष फुटबल खेलाडीका रुपमा सक्रिय रहेका बेकह्यामले इंग्लिस टोलीबाट ११५ अन्तर्राष्ट्रिय खेल खेल्दै १५ गोल गरेका छन्। ४३ वर्षीय बेकह्यामले आफ्नो क्लब करियरमा १० लिग उपाधिसहित १९ ट्रफी जितेका छन्।
बेकह्यामले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस क्लब रियल मड्रिड, इटालियन क्लब एसी मिलान, फ्रेन्च क्लब पिएसजी र अमेरिकी क्लब एलए ग्यालेक्सीबाट व्यवसायिक फुटबल खेलेका थिए। एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ १५ शुक्रबार
Comments