दैलेख । दैलेख जिल्लामा सञ्चालनमा रहेको सामाजिक बिकासको क्षेत्रमा कार्य गर्दै आएको एभरेष्ट क्लवले सेवा, खेल तथा साँस्कृति लगाएत विकासका गतिबिधिमा सक्रियता जनाउँदै आएको छ । यस्तै गतिबिधि अन्र्तगत जिल्ला स्तरिय नगर तथा गाउँपाालिका स्तरिय भलिवल आयोजना सम्पन्न गरेको छ । सो भलिबल प्रतियोगितामा उपाधि चुम्न सफल भएको छ आठबिस नगरपाालिका ।
एभरेष्ट क्लव दैलेखले आफ्नो स्थापनाको २५ औँ बर्ष गाँठ, रजत महोत्सवको उपलक्ष्य सञ्चालित नगर तथा गाउँपालिका स्तरिय भलिवल प्रतियोगितामा प्रथम आठबिस नगर पालिका, दोस्रो डुंगेश्वर गाउँपालिका र तेस्रो भगवतिमाई गाउँपालिकाले
उपाधि हात पारेका छन् । उनीहरुले क्रमश ५०,३० र २० हजार नगद, कप र मेडल प्राप्त गरेका छन् । ३ दिन सम्म चलेको प्रतियोगितामा सर्वेत्कृष्ट खेलाडि बने डुंगेश्वर गाउँपालिकाका किशोर बिक । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाको उपस्थितिमा बिजेताहरुलाई पुरुषकार बितरण गरिएको छ ।
आयोजक संस्थाले स्थापना गरेको कल्पना स्मृति पुरस्कार भलिबल खेल क्षेत्रमा आफ्नो लाभो अनुभव सँगालेका र नेपालका बिभिन्न खेलहरुमा आफ्नो सहभागिता जनाउनुका साथै दैलेख जिल्लामा भलिबल खेलको बिकासमा लागि परेका अन्तराष्ट्रिय खेलाडि सुरेन्द्र खड्कालाइृ प्रदान गर्ने घोषणा गरेको छ ।
गत भाद्र ११ गते देखि दैलेख सदरमुकाम स्थित खुल्ला मञ्च टुडिखेलको खेल मैदानमा सञ्चालन गरिएको प्रतियोगितामा दैलेखका ११ तह मध्ये ३ नगर र ४ गाउँपालिकाले सहभागिता जनाएका थिए ।
प्रकाशित मितिः २०७५ भदौ १४ विहबार
Comments