काठमाडौं । मलेसियामा जारी एसिसि एसिया कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा सन्दिप लामिछानेले युएईविरूद्ध उत्कृष्ट बलिङ गरेका छन्। आफ्नो पुरै १० ओभर बलिङ गरेका सन्दिपले २४ रन दिएर २ मेडनसहित युएईका महत्वपूर्ण ४ विकेट लिएका छन्।
सन्दिपले आफ्नो अन्तिम ओभरमा लगातार दुई विकेट लिएका उनले मोहम्मद नाभिदलाई शून्यमा बोल्ड गरेका थिए भने १० रन बनाएर खेलिरहेका अब्दुल साकोरलाई पनि बोल्ड आउट गरेका थिए। यस्तै युएईका लागि सबैभन्दा बढी ६५ रन बनाएर खेलिरहेका चिराग सुरीलाई रन आउट गरेका थिए। उनकै ओभरमा दीपन्द्र सिंह ऐरीको डाइरेक्ट थ्रोमा रन आउट भएका थिए।
यसअघि ३ रन बनाएर खेलिरहेका साइमन अनवारलाई आउट बनाएका उनले पहिलो विकेटका रूपमा युएईका कप्तान रोहन मुस्ताफालाई १ रनमा आउट गरेका थिए। २ वटा मेडन ओभर फालेका उनले २.४ इकोनोमी बलिङ गरेका हुन्।यसअघि हिजो भएको पहिलो खेलमा सन्दिपले कुनै पनि विकेट लिन सकेका थिएनन्।
प्रकाशित मितिः २०७५ भदौ १४ विहबार
Comments