काठमाडौं । अफगानिस्तान विरुद्धको एकदिवसिय खेलमा आयरल्याण्ड तीन विकेटले विजयी भएको छ । जितसंगै आयरल्याण्डले तीन खेलको श्रृखलामा एक एकको बराबरी गरेको छ ।
बुधबार राति भएको खेलमा १८३ रनको लक्ष्य आयरल्याण्ड्सले ४३.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।आयरल्याण्ड्सको जितमा एन्ड्रे बालविर्नेले ६०, पौल स्टर्लिङले ३९ रन बनाउँदा सिमी सिंहले नट आउट ३६ रनको योगदान दिए । अफगानिस्तानका रासिद खानले ३ विकेट लिए ।
टस जिति पहिला ब्याटिङ गरेको अफगानिस्तानका नजिबुल्लाह जरदानले ४२, अस्गर अफगानले ३९ रन जोडेका थिए । आयरल्याण्ड्सका टिम मुर्ताजले ४ विकेट लिए ।
प्रकाशित मितिः २०७५ भदौ १४ विहबार
Comments