काठमाडौं । फ्रेन्च क्लब पिएसजीका फ्रेन्च स्टार केलियन एमबाप्पे र ब्राजिलियन स्टार नेइमारको आपसी समबन्ध चिसिएको खबर आइरहेका छन् । तर, यसबेला बार्सिलोनाका डिफेन्डर सामुएल उम्टिटीले नेइमार र एमबाप्पे एकअर्कासँग खेल्नकै लागि बनेको बताएका छन् ।
बार्सिलोनाका उम्टिटी र एमबाप्पे राष्ट्रिय टोली फ्रान्सबाट सँगै खेल्छन् भने उनी नेइमारसँग पनि बार्सिलोनामा छँदा सँगै खेलेका थिए । यी दुवै खेलाडीसँग उम्टिटीले खेलेका छन् । नेइमार र एमबाप्पेबीचको सम्बन्ध चिसिन थालेको टिकाटिप्पणी भइरहँदा उम्टिटीले भने त्यसलाई नकारेका हुन् ।
‘नेइमार बार्सिलोनामा छँदा टोलीका उत्कृष्ट खेलाडी थिए, उनी टोलीमा जोसँग पनि मिल्थे । त्योभन्दा बढी उनी विशेष क्षमताका खेलाडी हुन,’ उम्टिटीले नेइमारबारे भनेका छन्, ‘नेइमार र एमबाप्पे निकै राम्रा खेलाडी हुन् । उनीहरू अहिले टोलीमा सँगै छन् ।vउम्टिटीले अघि थपे, ‘मलाई त लाग्छ, उनीहरू सँगै खेल्नकै लागि बनेका हुन् ।
सोहीक्रममा उम्टिटीले नेइमार र एमबाप्पेले सँगै खेल्नका लागि पनि क्लब छाड्न नसक्ने यदि छाडे पनि एकै क्लबमा जानका लागि मात्रै छाड्ने पनि बताए । फ्रान्सले विश्वकप जित्दा उम्टिटी र एमबाप्पे दुवै टोलीका महत्त्वपूर्ण सदस्य थिए । एमबाप्पेले रसिया विश्वकपको युवा खेलाडीको अवार्डसमेत जितेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ १३ बुधबार
Comments