काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट खेलमा नेपाल ओमनसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको २२२ रन लक्ष्य पछ्याएको ओमानले ४८ ओभर पूरा गर्यो
टस हारेर ब्याटिङको गरेको नेपाललाई टोलीलाई सागर पुन र आरिफ शेखको साझेदारीले धरमराएको नपाली इनिङलाई सम्मानजनक अवस्थामा ल्यायो । लामो समयपछि टोलीमा फर्किएका सागर पुनले आज उत्कृष्ट प्रदर्शन गरे । उनले टोलीका लागि ८३ रन बनाए । उपकप्तान ज्ञानेन्द्र मल्लले ४५, आरिफ शेखले ३६, कप्तान खड्का ८, सुवास ४ र दिपेन्द्र ९ रनमै आउट हुँदा रोहित भने शून्य रनमै पवेलियन फिर्ता भए । सोमपाल ५ रनमा आउट हुँदा करण केसी २६ र सन्दिप लामिछाने २ भए ।
ओमानका लागि बलिङमा मोहम्मद नदिमले ३, अजय लालचेता र बिलल खानले समान २–२ विकेट लिए ।
प्रकाशित मितिः २०७५ भदौ १३ बुधबार
Comments