काठमाडैं । जिम्बावेका अलराउन्डर सिकन्दर राजा एभरेष्ट प्रिमियर लिग इपीएल क्रिकेटका लागि काठमाडौं किङसबाट खेल्ने भएका छन्। काठमाडौंले मंगलबार एक विज्ञप्ति प्रकाशन गरी दोस्रो संस्करणको इपीएल क्रिकेटमा काठमाडौं किङसबाट अनुबन्ध गरेको जानकारी दिएको हो।
आगामी नोभेम्बर तेस्रो साता काठमाडौंमा हुने इपीएलमा काठमाडौंले तेस्रो विदेशी खेलाडीको रुपमा राजालाई अनुबन्ध गरेको हो। यद्यपी काठमाडौंले राजासँगको अनुबन्ध रकमबारे खुलाएको छैन । यसअघि काठमाडौंले आयरल्याण्डका केभिन ओ ब्रुएन र युएईका कप्तान रोहन मुस्तफालाई भित्र्याईसकेको छ।
राजाको अनुबन्धसँगै काठमाडौंको विदेशी खेलाडीको कोटा पुरा गरेको छ। इपीएलमा ३ जना विदेशी खेलाडी राख्न पाउने नियम छ। जिम्बावेबाट ८५ एकदिवसीय, १० टेष्ट र २० टी(ट्वान्टी खेल खेलिसकेका सिकन्दर विश्वकप छनोटमा उत्कृष्ट खेलाडी घोषित भएका थिए। दायाँ हाते ब्याट्सम्यान र दायाँ हाते स्पिन बलरसमेत रहेका राजा स्किल र दिमाग भएका क्रिकेटरका रूपमा चिनिन्छन्। एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ १३ बुधबार
Comments