काठमाडौं । एसियाड भलिबलमा नेपालले मंगोलियालाई हराएको छ । इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा नेपालले मंगोलियालाई हराएको हो ।
इन्डोनेसियाको गोर बुलुनगन रंगशालामा आज सम्पन्न खेमा नेपालले चार सेटमा तीन सेट जित्दै ३–१ को जित हात पारेको हो । रोमाञ्चक खेलमा नेपालले पहिलो सेट २८–२६ ले हारेको थियो । तर, त्यसपछि सेटमा उसले उच्च प्रदर्शन गरेको थियो ।
नेपाल पहिलो सेट गुमापछि दोस्रो सेटमा २५–१६ ले विजयी भयो । त्यस्तै, तेस्रो सेटमा पनि नेपाल ३०–२८ ले विजयी भयो । त्यसपछि चौथो र अन्तिम सेटमा नेपाल सुरुमा पछि परे पनि पछि उत्कृष्ट पुनरागमन गर्दै २५–१९ ले विजयी भयो ।
यसअघि नेपाली भलिबल टोली चाइनिज ताइपेई र दक्षिण कोरियासँग हारेको थियो । एसियाड भलिबलमा नेपालको यो नै पहिलो जित पनि हो । नेपालले अब श्रीलंका र भियतनाममध्ये एक टोलीसँग अन्तिम खेल खेल्ने छ ।
प्रकाशित मितिः २०७५ भदौ १२ मंगलबार
Comments