काठमाडौं । गत सिजन बार्सिलोना छाडेर विश्वकै सबैभन्दा महँगा खेलाडी बन्दै फ्रेन्च क्लब पिएसजी गएका ब्राजिलियन खेलाडी नेइमार आफ्नो पूर्वक्लब बार्सिलोना फर्किएका छन् । नेइमार अचानक एक कार्यक्रमका लागि बार्सिलोना पुगेका हुन् ।
लामो समयपछि बार्सिलोना फर्किएका नेइमारले आफ्ना पूर्वटिममेटसँग पनि भेट गरेका छन् । उनले आफ्ना पूर्वसहकर्मी इभान राकिटिक, लुइस स्वारेज, जेरार्ड पिके, टेर स्टेगेनगात खेलाडीसँग भेट गरेका छन् ।
नेइमारले आफ्ना पूर्वसहकर्मीसँग भेट गरेका तस्बिर सामिजक सन्जालमा पोस्ट गरेका छन् । ती तस्बिर पोस्ट गर्दै नेइमारले आफूले आफ्ना पूर्वसहकर्मीलाई मिस गरेको बताएका छन् ।
त्यसैगरी, नेइमारको बार्सिलोना यात्राले इभान राकिटिकको पिएसजीको यात्रालाई थप सहज बनाउने दाबी मिडियाले गरेका छन् । अहिले नेइमारको क्लब पिएसजीले बार्सिलोनाका स्टार मिडफिल्डर राकिटिक भित्र्याउन प्रयास गरिरहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ १२ मंगलबार
Comments