काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा पराजित भएको छ । सोमबार राति भएको खेलमा युनाइटेड टोटेनहमसंग ३–० गोल अन्तरले पराजित भएको हो । टोटेनहमलाई जित दिलाउन लुकास मौराले दुई तथा ह्यारी केनले एक गरे । खेलको ५० औं मिनेटमा केनले गोल गर्दै टिमलाई सुरूवाति अग्रता दिलाएका थिए ।
त्यसको दुई मिनेटपछि मोउराले गोल गर्दै अग्रता दोब्बर पारे । खेलसकिन ६ मिनेट बाँकी हुँदा मोउराले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनह्यामले सहज जित निकाल्यो ।
जितसँगै टोटेनहम अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष ४ स्थानमा रहेका लिभरपुल, टोटेनहम, चेल्सी र वाटफर्ड सबैले लगातार तीन जित दर्ता गरेका छन् । युनाइटेड भने लगातार दोस्रो हारसँगै अंक तालिकामा उक्लन सकेन ।
प्रकाशित मितिः २०७५ भदौ १२ मंगलबार
Comments