काठमाडौं । युएस ओपन टेनिसमा विश्व नम्बर एक महिला खेलाडी रोमानियाकी सिमोना हालेप पहिलो चरणबाटै बाहिरिएकी छिन् । लुइस अम्स्ट्रोङ स्टेडियममा सोमबार भएको खेलमा हालेप स्टोनियाकी काया कानेपीसंग पराजित भईन् ।
हालेपलाई ४४ औं वरीयताकी कानेपीले ६–२ र ६–४ को सोझो सेटमा पराजित गरिन् । योसंगै फ्रेन्च ओपन च्याम्पियन हालेपले लगातार बर्ष युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिनु परेको छ ।
शीर्ष वरीयताकी हालेपलाई हराएसंगै कानेपीले दोस्रो चरणको यात्रा तय गरेकी छिन् । कानेपीले गत बर्ष क्वाटरफाइनलसम्मको यात्रा तय गरेकी थिइन् ।
प्रकाशित मितिः २०७५ भदौ १२ मंगलबार
Comments