काठमाडौं । मोहम्मद सलाहको निर्णायक गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ। लिभरपुलले घरेलु मैदान एनफिल्डमा शनिबार राति भएको खेलमा ब्राइटन एण्ड होभ आल्बियोनलाई १–० गोल अन्तरले पराजित गर्दै लिगमा लगातार तेस्रो जित निकालेको हो।
खेलको २३ औं मिनेटमा सलाहले गरेको गोल नै लिभरपुलको जितमा निर्णायक साबित भयो। जितसँगै लिभरपुल ३ खेलबाट ९ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ। म्यानचेस्टर सिटी समान ३ खेलबाट ७ अंकसहति दोस्रो स्थानमा छ। एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ १० आइतबार
Comments