काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोबीचको प्रतिस्पर्धा सकिएको बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भल्भेर्डेले बताएका छन् ।
रोनाल्डोले रियल मड्रिड छोडेर अर्को लिगमा गएपछि दुबै खेलाडीको लिग फरक फरक भएको भन्दै उनीहरुबीचको प्रतिस्पर्धा सकिएको बताएका हुन्। दुवै खेलाडीको उल्लेख्य प्रदर्शनले एक अर्कालाई कुनै असर नगर्ने भन्दै भाल्भेर्डेले अन्तर्राष्ट्रिय समाचारमा भनेका छन्, ‘लिगनै फरक फरक भए पछि रोनाल्डो र मेसीबीच आजको प्रतिस्पर्धा सकिएको हो।’
रोनाल्डो यसै सिजन रियलबाट १०० मिलियन युरोमा युभेन्ट्स पुगेका थिए । दुवै खेलाडीबीच खेलका दौरान तमाम समर्थकले एक अर्काबीच तुलना गर्ने गरेका छन्। एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ ८ सुक्रबार
Comments