भक्तपुर । एसिया कप छनोट खेलको तयारीमा रहेको नेपाली टोली यति बेला श्रीलंका भ्रमणमा छ । नेपाली टोलीले पहिलो अभ्यास खेलमा श्रीलंकाको प्रिमियर लिग क्लब आर्मी क्रिकेट टिमलाई १९५ रनको सामान्य लक्ष्य दिएको छ । ४८.४ ओभरमा अलआउट हुँदै नेपालले १९४ रन बनाउन सफल भएको हो ।
नेपालका लागि आरिफ शेखले शानदार व्याटिङ गरे । उनले ११८ बलमा ८९ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन निकै कमजोर रह्यो । १०० रन पूरा गर्दा महत्वपूर्ण ७ विकेट गुमाएको नेपालका सुवास खकुरेल १०, अनिल शाह शून्य, ज्ञानेन्द्र मल्ल २१ दिपेन्द्र शून्य, रोहित पौडेल १२, सोमपाल शून्य र विनोद भण्डारी १६ रनमा आउट भए । यस्तै बसन्त रेग्मी १६ रनमा आउट भए ।
आज कप्तान पारस खड्का विनै मैदानमा उत्रिएको नेपालको व्याटिङ विर्संन लायक रह्यो । नेपालले अहिले श्रीलंकाको प्रिमियर लिग क्लब आर्मी क्रिकेट टिमसँग खेलिरहेको हो । श्रीलंकामा एक साता रहँदा नेपालले तीन फरक फरक क्लबसँग अभ्यास खेल खेल्नेछ । नेपालले आगामी शुक्रबार ब्लुमफिल्ड र आइतबार कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेल्नेछ ।
६ टिम सहभागी टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् । एसिया कप आगामी भदौं १३ गतेदेखि युएईमा शुरु हुने छ ।
प्रकाशित मितिः २०७५ भदौ ६ बुधबार
Comments