काठमाडौं । इंग्ल्यान्डका पूर्व कप्तान डेभिड बेकह्याम युरोपियन फुटबलको उच्च अवार्ड ‘युईएफए प्रेसिडेन्ट्स अवार्डबाट सम्मानित हुने भएका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय युनियन अफ युरोपियन फुटबल एसोसिएसन युईएफए ले बेकह्यामलाई ‘युईएफए प्रेसिडेन्ट्स अवार्ड’ दिने निर्णय गरेको हो ।
युईएफएले फुटबलमा पुर्याएको योगदानको कदर गर्दै बेकह्यामलाई यो बर्षको प्रेसिडेन्ट्स अवार्ड दिन लागिएको जनाएको हो । युईएफएका अध्यक्ष एलेक्जेन्डर सेफेरिनले भनेका छन्, ‘सन् २०१८ को युईएफए प्रेसिडेन्ट्स अवार्ड डेभिड बेकह्यामलाई दिने घोषणा गर्न पाउँदा म निकै खुशी भएको छु ।’ प्रेसिडेन्ट्स अवार्ड पाउने भएपछि बेकह्यामले आफूलाई गर्व महसुस भएको प्रतिक्रिया दिएका छन् ।
युईएफएले बेकह्यामलाई आगामी अगष्ट ३० मा मोनाकोमा हुने विशेष समारोहकाबीच यो अवार्ड प्रदान गर्ने जनाएको छ । इंग्ल्यान्डमा लिजेण्ड बेकह्यामले इंग्लिस टोलीबाट १ सय १५ खेल खेल्दै १५ गोल गरेका छन् । ४३ वर्षीय बेकह्यामले आफ्नो क्लब करियरमा १० लिग उपाधिसहित १९ ट्रफी जितेका छन् ।
२० वर्ष फुटबल खेलाडीका रुपमा सक्रिय रहेका बेकह्यामले इंग्लिस टोलीबाट ११५ अन्तर्राष्ट्रिय खेल खेल्दै १५ गोल गरेका छन्। ४३ वर्षीय बेकह्यामले आफ्नो क्लब करियरमा १० लिग उपाधिसहित १९ ट्रफी जितेका छन्।
प्रकाशित मितिः २०७५ भदौ ६ बुधबार
Comments