भक्तपुर । स्पेनिस ला लिगामा विजयी सुरूवात गराउन सेभिल्लाका लागि आन्द्रे सिल्भाले डेब्यू खेलमै ह्याट्रिक गरेका छन्। लिगको नयाँ सिजन अन्तर्गत आफ्नो पहिलो खेलमा सेभिल्लाले प्रभावशाली जित दर्ता गर्ने क्रममा आइतबार राति रायो भालेकानोालई ४–१ ले हराएको हो।
सेभिल्लाको जितमा यहि सिजन इटालियन क्लब एसी मिलानबाट लोनमा आएका आन्द्रे सिल्भाले ला लिगाको डेब्यु खेलमै ह्याट्रिक गरे। २२ वर्षियका पोर्चुगिज स्टार सिल्भा यही सिजन सेभिल्ला आएका हुन् ।
गएको सिजन सिरी ए मा २४ खेलमा मात्रै दुई गोल गरेका सिल्भाले ला लिगाको डेब्यू खेलमै ह्याट्रिक गरेका हुन्। सेभिल्लाका लागि फ्रान्को भाज्क्वेजले एक गोल गरे। भालेकानोका लागि एड्री एमबार्बाले एक गोल फर्काए । एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ ४ सोमबार
Comments