भक्तपुर । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधिको दाबेदार क्लब म्यानचेस्टर युनाइटेड ब्राइटन एण्ड होभ आल्बियनसँग पराजित भएको छ। शनिबार राति भएको खेलमा ब्राइटन एण्ड होभ आल्बियनसँग युनाइटेड ३–२ गोल अन्तरले पराजित भएको हो । युनाइटेडलाई स्तब्ध बनाउन ग्लेन मुरे, सेन डफी र पास्कल ग्रसले गोल गरे । युनाइटेडका रोमेलु लुकाकु र पल पोग्वाले एक गोल फर्काए ।
पाहुना टोली युनाइटेडविरुद्ध निकै उत्कृष्ट प्रदर्शन गरेको ब्राइटनले पहिलो हाफमै ३ गोल गरेको थियो। खेलको २५ औं मिनेटमा मुर्रेले गोल गर्दै ब्राइटनलाई सुरुवाती अग्रता दिलाए । त्यसको दुई मिनेट नबित्दै २७ औं मिनेटमा डुफीले गोल गर्दै ब्राइटनलाई २(० को अग्रता दिलाए ।
खेलको ३४ औं मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउन कोशिस गरे। तर, खेलको ४४ औं मिनेटमा ग्रोसले पेनाल्टीमा गोल गरेपछि ब्राइटनले पहिलो हाफमा ३(१ को अग्रता बनायो । दोस्रो हाफमा अधिकांश समय बलमा पकड जमाए पनि युनाइटेडले एक मात्र गोल गरेपछि ३–२ ले पराजित हुन पुग्यो ।
डफीले फेलाइनीलाई डि–बक्समा लडाएपछि युनाइटेडले पेनाल्टीको मौका पाएको थियो। इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई पल पोग्वाले सदुपयोग गरे पनि त्यो खेलमा फर्कन पर्याप्त भएन।
लिगमा ब्राइटनको यो पहिलो जित हो भने म्यानचेस्टर युनाइटेडको पहिलो हार हो। ब्राइटन आफ्नो पहिलो खेलमा वाटफोर्डसँग २–० ले पराजित भएको थियो। युनाइटेडले लेस्टर सिटीलाई २–१ ले पराजित गरेको थियो ।
जितसंगै ब्राइटनले २ खेलबाट ३ अंक जोडेको छ । युनाइटेडको पनि २ खेलबाट ३ अंक छ । प्रिमियर लिगको शीर्ष स्थानमा ६ अंकसहित म्यानचेस्टर सिटी रहेको छ। एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ ४ सोमबार
Comments