भक्तपुर । रोजर फेडररलाई हराउँदै सर्वियन नोभाक जोकोभिचले सिनसिनाटी मास्टर्स टेनिसको उपाधि जितेका छन् । पूर्व विश्व नम्बर एक जोकोभिचले फेडररलाई दुई शून्यको सोझो सेटमा हराउँदै पहिलो पटक सिनसिनाटी मास्टर्स टेनिसको उपाधि जितेका हुन्।
यो सँगै टेनिस प्रतियोगिता अन्तर्गत मास्टर्स एक हजार प्रतियोगिताका नौ वटै उपाधि जित्ने जोकोभिच एक्ला खेलाडी बनेका छन्। ३१ वर्षीय जोकोभिचले सात पटकका च्याम्पियन फेडररलाई ६,४ र ६ ,४ को सेटमा हराएका हुन्। विम्बल्डन च्याम्पियन जोकोभिच यसअघिका तीनै फाइनलमा फेडररसँग नै हारेका थिए।
यो उपाधिसँगै जोकोभिचले आफ्नो करियरको ९९ औं उपाधि हात पारे। यो सँगै उनले फेडररको हेड टु हेड रेकर्ड पनि बराबरी गरेका छन् । यी दुई खेलाडी एक अर्का विरुद्ध खेल्दा २३–२३ पटक जितेका छन्। एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ ४ सोमबार
Comments