काठमाडौं । पेरिस सेन्ट जर्मेन पीएसजीले फ्रेन्च लिग वान फुटबलमा लगातार दोस्रो जित निकालेको छ । गुइनग्याम्पको घरेलु मैदानमा भएको खेलमा पीएसजीले १ गोलले पछि परेको स्थिति उल्ट्याएर ३–१ को जित निकालेको हो ।
पीएसजीको जितमा युवा स्टार केलियन एम्बाप्पेले दुई तथा नेयमारले एक गोल गरे । गुइनग्याम्पका नोलान रुक्सले एक गोल गरे । गुईनग्यापले खेलको २० औ मिनेटमा नोलन रोक्सको गोलमार्फत अग्रता बनाएको थियो । नेयरमाले ५३ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
एम्बाप्पेले ८२ औं मिनेटमा एन्जल डि मारियाको पासलाई गोलमा परिणत गरेपछि पीएसजीले खेलमा २–१ कोे अग्रता बनायो । ९० औं मिनेटमा नेयमारको पासलाई एम्बाप्पेले गोलमा परिणत गर्दै टिमलाई ३–१ को सहज जित दिलाए ।
लिग चरणका सुरूवातको दुवै खेलमा जित हात पार्दै पीएसजीले ६ अंक जोडेको छ । दुवै खेलमा पराजित गुईनग्याप अंक विहिन हुँदै तालिकाको पुछारदेखि दोस्रोमा छ ।
प्रकाशित मितिः २०७५ भदौ ३ आइतबार
Comments