काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज आइतबार पाकिस्तानसँग खेल्दैछ । समूह चरणका अघिल्ला दुई खेलमा पराजित नेपाली यू–२३ टोलीले समूह चरणको अन्तिम खेलमा आज पाकिस्तानसँग खेल्न लागेको हो ।
नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३ः३० मा सुरु हुनेछ । अघिल्ला दुई खेलमा पराजित नेपाल पाकिस्तानलाई हराएर दोस्रो चरण पुग्ने सम्भावना कायम राख्न चाहन्छ । पाकिस्तानलाई हराएर नेपाल तेस्रो हुने टिममध्ये उत्कृष्ट चारमा रहदै दोस्रो चरण पुग्न चाहन्छ ।
यसअघि नेपाल समूह चरणको पहिलो खेलमा जापानसँग १–० र भियतनामसँग २–० ले पराजित भएको थियो । यो समूहमा नेपाल र पाकिस्तान जितबिहीन रहेको छ । जापान र भियतनाम भने दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।
प्रकाशित मितिः २०७५ भदौ ३ आइतबार
Comments