काठमाडौं । इन्डोनेसियामा शनिबारबाट सुरु भएको १८ औं संस्करणको एसियन गेम्समा नेपालले आज ९ खेलमा प्रतिस्पर्धा गर्दैछ । इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा जारी एसियन गेम्सको दोस्रो दिन आज नेपालले ९ खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
यसअघि शनिबार जाकर्तास्थित गेलोरा बुङ कार्नो रंगाशालामा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । नेपालले आइतबार तेक्वान्दो, कुस्ती, फुटबल, ब्याडमिन्टन, उसु, लन टेनिस, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्दैछ । आज फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले पाकिस्तानसँग खेल्दै छ ।
प्रकाशित मितिः २०७५ भदौ ३ आइतबार
Comments