भक्तपुर । गएरातिदेखि स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन सुरू भएको छ । युरोपको शीर्ष लिगमध्ये एक रहेको विश्व चर्चित ला लिगाको नयाँ सिजनको सुरूवातको दिन दुई खेल भए ।
पहिलो खेलमा लेभान्टेले विजयी सुरूवात गरेको छ भने दोस्रो खेलमा जिरोना र रियल भालाडोलिडबिच बराबरीमा सकियो । ला लिगा अन्तर्गत शुक्रबार राति भएको नयाँ सिजनको दोस्रो लेभान्टेले रियल बेटीसलाई ३–० ले हराएको हो ।
लेभान्टेको जितमा जोसे लुइस मोरालेसले दुई गोल गरे । यस्तै रोजरले एक गोल थपेका थिए । खेलको ३८ औं मिनेटमा रोजरले, ५४ औं मिनेटमा गोल गर्दै मोरालेसले र इन्जुरी समयको पाँचौँ मिनेटमा मोरालेसले व्यक्तिगत दोस्रो गोल गरेपछि लेभान्टे ३–० ले विजयी भयो ।
जितसंगै लेभान्टे सिजनको पहिलो खेलमा ३ अंक जोडेको छ । अर्को खेलमा जिरुना र रियल भाल्लाडोलिडले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।
प्रकाशित मितिः २०७५ भदौ २ शनिवार
Comments