भक्तपुर । भुटानमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज घरेलु टोली भुटानसँग भिड्दै छ । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाल र भुटानबीचको खेल अपरान्ह ३ः४५ बजे सुरु हुनेछ ।
आज नेपालले भुटानलाई हराएर कम्तिमा काँस्य पदक जित्न चाहन्छ । यता, भुटान पनि नेपाललाई हराएर तेस्रो स्थान सुरक्षित बनाउन चाहन्छ । यस्तोमा दुई टोलीको खेल रोमान्चक हुने सम्भावना रहेको छ ।
तेस्रो स्थानको खेल सकिएपछि बंगलादेश र भारतबीच फाइनल खेल हुनेछ । प्रतियोगितामा फाइनल पुगेको दुई टोली बंगलादेश र भारत अपराजित रहेका छन् । भारत समूह ए को बिजेता र बंगलादेश समूह बी को बिजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।
प्रकाशित मितिः २०७५ भदौ २ शनिवार
Comments