काठमाडौं । हरेक चार वर्षमा हुने एसियाली मुलुकको सबैभन्दा ठूलो खेल मेलाको १८ औं संस्करण शनिबार इन्डोनेसियामा सुरु हुँदैछ । एसियाडका खेल इन्डोनेसियाको राजधानी जकार्ता र पालेङवाङमा हुने छ ।
इन्डोनेसियाको जाकर्तास्थित गेलोरा बुङ कार्नो रंगाशालामा आज विशेष कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन हुनेछ । उद्घाटन नेपाली समय अनुसार ६ः१५ बजेपछि सुरु हुनेछ । इन्डनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतियोगिताको उद्घाटन गर्नेछन् । उद्घाटन समारोहलाई रंगशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् ।
उद्घाटन समारोहमा इन्डोनेसियाका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । अन्गुन, राइसा, टुलुस, इडो कोन्डोलोगिट लगायतले आफ्नो प्रस्तुती दिनेछन् । यस्तै ४ हजारले आफ्नो नृत्य प्रस्तुत गर्नेछन् । आगामी भदौ १७ गतेसम्म हुने एसियन गेम्सको इतिहासमा पहिलो पटक दुई सहरमा एसियन गेम्स आयोजना हुँदैछ । यो पटक जकार्ता र पालेमबाङमा खेलहरु संचालन हुनेछ । यो एसियन गेम्समा ४५ देशका ११ हजार ५ खेलाडीले विभिन्न स्पर्धामा सहभागिता जनाउने छन् । र, ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
एशियाडमा नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २८५ जना सहभागी हुँदैछन्। जसमा १८५ खेलाडी ९पुरुष १२९ र महिला ५६०, प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका छन् । नेपालले सहभागिता जनाउने २९ खेलमध्ये २३ खेल जाकार्ता र बाँकी ६ खेल पालेम्वाङमा हुनेछ।
नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल ९थ्री अन थ्री०, ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फुटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्टस् क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाउँदै छ ।दुई संस्करणबाहेक सबै एशियाडमा सहभागिता जनाएको नेपालले हालसम्म एक रजत र २२ कास्य गरी २३ पदक जितेको छ ।
प्रकाशित मितिः २०७५ भदौ २ शनिवार
Comments