भक्तपुर । तीन पटक रियल मड्रिडलाई च्याम्पियन बनाएका पूर्व प्रशिक्षक जिनेदिन जिदान म्यानचेस्टर युभनाइटेडका प्रशिक्षक बन्न तयार देखिएका छन्।
फ्रान्सको प्रशिक्षक बन्न चाहे पनि विश्वकप जिताएर डेडिएर डिस्च्याम्पले आफ्नो पद आगामी चार वर्षसम्म थपेकाले जिदान जिदानले युनाइटेडमा आँखा लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा खबर छ।
युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले यो सिजन क्बल छोड्ने सम्भावना रहेको र जिदानले उनको स्थान लिन बताइएको छ। यदी माउरिन्होले युनाइटेड छोडे भने उनको स्थानमा जिदान आउन तयार रहेका हुन्। एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ १ सुक्रबार
Comments