भक्तपुर । नाइजेरियाका २७ वर्षिय खेलाडी भिक्टरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । चेल्सीबाट व्यवसायिक फुटबल खेल्दै आएका भिक्टरले २७ वर्षकै उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
सन् २०१२ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले ३७ खेलबाट १२ गोल गरेका छन् । भिक्टरले सन्यासको घोषणा गर्दै नाइजेरियाको जर्सीमा आफूले जीवनको उत्कृष्ट समय बिताएको भन्दै यो जीवनभर याद हुने बताएका छन् ।
अब आफूलाई क्लब फुटबलमा ध्यान केन्द्रित गर्ने भन्दै राष्ट्रिय टिमबाट बिदा हुने निर्णय लिएको बताए । उनले नयाँ पुस्तालाई अवसर दिन पनि आफूले सन्यासको घोषणा गरेको बताएका छन्। भिक्टरले नाइजेरियाको टिमबाट सन् २०१३ मा अफ्रिका कप अफ नेशन्सको उपाधि जिते ।
यस्तै उनले सन् २०१४ र २०१८ को विश्वकपमा देशको प्रतिनिधित्व गरे । रूसमा सम्पन्न २१औं संस्करणको फिफा विश्वकपमा समूह चरणको खेलमा अर्जेन्टिनाविरूद्ध भिक्टरले पेनाल्टी मार्फत गोल गरेका थिए ।
प्रकाशित मितिः २०७५ भदौ १ सुक्रबार
Comments