उदयपुर ३० साउन । भारतीय राजदुत मञ्जिव पुरीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा विभिन्न आयामहरु रहेको भन्दै क्रिकेटले पनि दुई देशको सम्बन्ध मजबुद बनाएको बताएका छन् ।
नेपालले ओडिआई खेल्यो । क्रिकेटमा नेपालले धेरै ठूलो प्रगति हाँसिल गरिरहेको छ । नेपालीहरुको क्रिकेटप्रति क्रेज ह्वात्तै बढेको छ । नेपाली युवा क्रिकेट खेलाडी सन्दिप लामिछानेले आईपिएल खेल्दा नेपालीहरुमात्रै होईन, भारतीय जनतापनि खुशी भएका थिए । पुरीले भने, लामिछानेको शानदार प्रर्दशनले भारतीय जनतापनि खुशी भएको र नेपाल–भारत सम्बन्धमा अब क्रिकेटपनि नयाँ शक्तिको रुपमा उदय भएको छ ।
Comments