भक्तपुर ३० साउन । दक्षिण अफ्रिकाविरुद्धको टी–२० क्रिकेट प्रतियोगिता श्रीलंकाले जितेको छ । एकदिवसीय श्रृङखला ३,२ ले गुमाएको श्रीलंकाले टी ट्वान्टीमा दक्षिण अफ्रिकाविरुद्ध ३ विकेटले विजयी भएको हो । कोलम्बोस्थित प्रेमादासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १ , ६। ओभरमा सबै विकेट गुमाउँदै ९८ रन बनाएको थियो ।
९९ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु टोली श्रीलंकाले १६ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । श्रीलंकाको जितमा दिनेश चण्डीमालले अविजित ३६ रन बनाए । यस्तै धनन्जय डी सिल्भाले ३१ रन जोड्दा दसुन सनकाले १६ रन बनाए ।
दक्षिण अफ्रिकाका लागि कागीसो राबडा, ताब्रेज शाम्सी र जुनियर डालाले समान २ ,२ विकेट लिए । यसअघि पहिले ब्याटिङ्ग गरेको अफ्रिका १६, ४ ओभरमा ९८ रनमा समेटिएको थियो । अफ्रिकाका क्वीनटन डी ककले सर्वाधिक २० रन बनाएका थिए । रेजा हेन्ड्रिक १९, हेनिरिक कलासेन १८, डेभिड मिलरले १४ तथा जुनियर डालाले १२ रन जोडेका थिए । अफ्रिकाका हासिम आमला, एन्डले फेलिकाओ, काशिको रावडा र तबरेज सम्सीले खातानै खोल्न सकेनन् भने अन्य ब्याट्सम्यानले ५ रन पनि कटाउन सकेनन् ।
अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका लक्सन सन्दकनले ३ विकेट लिए । अकिला धनञ्जय र धनञ्जय डी सिल्भाले दुई दुई विकेट लिए । एजेन्सी
Comments