भक्तपुर ३० साउन । क्रोएसियाका फरवार्ड मारियो मान्जुकिचले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । ३२ बर्षीय मान्जुकिचले मंगलबार सामाजिक संजाल इन्स्ट्राग्रामबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् ।
इटालियन क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्दै आएका मान्जुकिचले क्रोएसियाको राष्ट्रिय टिममा ११ वर्ष बिताए । उनले राष्ट्रका लागि ८९ अन्तर्राष्ट्रिय खेल खेल्दै ३३ गोल गरेका थिए ।
सन् २००७ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका मान्जुकिचले विश्वकपमा उपविजेता बन्नु आफ्नो करियरको सबैभन्दा ठूलो सफलता भए पनि यो समय सन्यास लिने भएको बताएका छन् ।
सन् २००७ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका मान्जुकिचले विश्वकपमा उपविजेता बन्नु आफ्नो करियरको सबैभन्दा ठूलो सफलता भए पनि यो समय सन्यास लिने भएको बताएका छन् । एजेन्सी
Comments