भक्तपुर ३० साउन । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले वर्षका उत्कृष्ट गोलकर्ताको मनोनयन सार्वजनिक गरेको छ । गएको सिजन युइएफएका ११ प्रमुख प्रतिस्पर्धाबाट एउटा गोललाई मनोनयन गर्दै युइएफएले ११ उत्कृष्ट गोलकर्ताको मनोनयन सार्वजनिक गरेको हो ।
उत्कृष्ट ११ गोलको सूचीमा युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो, टोटेनहम तथा डेनमार्कका क्रिस्टियन एरिक्सनले गरेका गोल मनोनयनमा परेका छन् ।
यस्तै इंग्ल्यान्डका लुसी ब्रोन्ज र इलिओट एमब्लेटन, स्विजरल्याण्डका ओल्गा कार्मोना, स्पोर्टिङ लिस्बोनका एलिसान्ड्रो, टर्कीका इल्लीओट इम्बेल्टोन, पोर्टोका पाउलो स्ट्रेला, जर्मनीका इभा नाभारो, फ्रान्सका दिमित्रिभ पायट, स्लोभानियाका गोंग्कालो रामोस र पोर्चुगलका रिकार्डिन्होको गोल मनोनयनमा परेको छ ।
युइएफएका प्राविधिक अनुगमनकर्ताले हरेक प्रतिस्पर्धाबाट उत्कृष्ट एउटा गोल छनोट गरेका हुन् । अब यी ११ गोल मध्येबाट फ्यान मतको आधारमा उत्कृष्ट गोल छनोट हुनेछ । यसका लागि अगष्ट २७ सम्म युइएफएको वेब साइटमा गएर मत दिन सकिनेछ । एजेन्सी
Comments