भक्तपुर ३० साउन । ४१ वर्षीय रोनाल्डोलाई अस्पतालले मंगलबार डिस्चार्ज गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । विश्वकप विजेता ब्राजिलका रोनाल्डोलाई निमोनियाको संक्रमण भएपछि स्पेनको इबिजास्थित क्यान मिसेस अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।
अस्पतालबाट ुडिसचार्जु भएपछि रोनाल्डोले उपचारमा संलग्न डाक्टर, नर्स तथा सद्भावका लागि फ्यानलाई धन्यवाद दिएका छन् ।ब्राजिलका लागि ६२ अन्तर्राष्ट्रिय गोल गरेका रोनाल्डोले सन् २००२ मा जर्मनीलाई हराउँदै विश्वकपको उपाधि उचालेको थियो । बार्सिलोना र इन्टर मिलानका पुर्व खेलाडी रोनाल्डोले सन् २०११ बाट फुटबलबाट सन्यास लिएका थिए । एजेन्सी
Comments