भक्तपुर २९ साउन । भुटानको थिम्पुमा जारी साफ यू १५ महिला च्याम्पियनसिपमा सोमबार नेपाल बंगलादेशसँग पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसंग ३–० ले पराजित भएको हो ।
तोहुरा खातुनले ४६ औ मिनेटमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिईन् । ५१ औ मिनेटमा मारिया माण्डाले गोल गर्दै बंगलादेशको अग्रता दोब्बर पारिन् । ६७ औ मिनेटमा शाजिदा खातुनले गोल गर्दै बंगलादेशले ३–० ले खेल जित्यो ।
समूह चरणका दुवै खेलमा जित निकालेको बंगलादेशको ६ अंक सहित समूह विजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको छ । यस्तै नेपालले समूह चरणमा एक मात्र खेल जितेर ३ अंकका साथ उपविजेता बन्यो । समूह चरणको दुवै खेलमा पराजित हुदै पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ । अब नेपालले सेमिफाइनलमा भारतको सामना गर्नेछ भने बंगलादेशले अर्को सेमिफाइलमा भुटानको सामना गर्नेछ ।
Comments