भक्तपुर २९ साउन । इन्डोनेसियामा हुने १८ औं संस्करणको एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज जापानसँग खेल्दै छ । नेपाल र जापानबीचको खेल सिकाराङस्थित विबावा मुक्ति रंगशालामा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । एसियन गेम्सको औपचारिक उद्घाटन भने शनिबार मात्र हुने छ ।
थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण सकेर इन्डोनेसिया पुगेको नेपाली टोलीले जापानसँग खेल्दै एसियन गेम्सको सुरुवात गर्न लागेको हो । इन्डोनेसिया जानुअघि नेपाली टोली थाइल्याण्डमा दुई अभ्यास खेल खेलेको थियो । दुवै खेलमा नेपाल पराजित भएको थियो ।
नेपाल आज जापानसँग कम्तिमा बराबरी गर्ने लक्ष्यसहित मैदान उत्रन लागेको छ । एसियन गेम्सको समूह डी मा रहेको नेपालले जापानपछि भियतनाम र पाकिस्तानसंग खेल्ने छ । दोस्रो खेलमा नेपालले भियतनामसंग अगष्ट १६ मा खेल्ने छन् । नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसंग अगष्ट १९ मा खेल्नेछ ।
Comments