भक्तपुर २८ साउन । सन्दीप लामिछानेसम्मिलित सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन लिगमा पहिलो जित हासिल गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा प्याट्रियट्सले ट्रङ्बागो नाइट राइडर्सलाई ४२ रनले हराएको छ।
टस जितेर पहिले ब्याटिङ गर्दै सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले दिएको २०४ रनको लक्ष्य पछ्याएको ट्रङ्बागो नाइट राइडर्सले पुरै २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन मात्र बनाउन सक्यो। उसका लागि ड्रान ब्राभोले सर्वाधिक ४१ रन बनाए। यस्तै कोलिन मुन्रोले ३५ रन बनाएका थिए।
ट्रङ्बागो नाइट राइडर्सलाई सस्तैमा रोक्न लुईस, कटिङ र ब्राथवेटले २ , २ विकेट लिए । ३ ओभर मात्र बलिङ गर्न पाएका सन्दिपले १ मेडन विकेट लिए। २ ओभरमा उनले मात्र ३ रन खर्चिएका थिए भने २० औं ओभर बलिङ गरेका सन्दिपले २ छक्कासहित १४ रन खर्चिएर कुल १७ रन खर्चिए।
Comments